असोज ०६, २०८१, आइतबार
               

पेस्तोलसहित तीन जना पक्राउ

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

रुपन्देही  । रुपन्देही प्रहरीले पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको मर्चवारी– ७ कन्चनापुरमा चेकजाँचका क्रममा एक थान गोली नभएको कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ परेको हो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी डिएसपी एवं प्रवक्ता सत्यनारायण थापाले भारतीय नम्बरको पेल्टको मोटरसाइकल चेकजाँच गर्ने क्रममा कटुवा पेस्तोल थान १ फेला परेको बताए । 

पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिका-७ बेतकुइया बस्ने सुरज हरिजन,सोही ठाउँका तौलन हरिजन र सकिल मुसलमान रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि