असोज ०६, २०८१, आइतबार
               

बैतडीमा फेरि एक युवक मृत भेटिए

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

बैतडी । चौलानी नदीमा आज एक युवक मृत भेटिएका छन् । मृत भेटिनेमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन् ।

कार्की बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत भेटिएको गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिए । ‘रमेशको कसरी मृत्यु भयो भन्ने यकिन हुनसकेको छैन’, उनले भने, ‘नदीले बगाएर ल्याएको जस्तो देखिन्छ, थप अनुसन्धान हुँदैछ ।’

गत शुक्रबार शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतलास गर्दै जाँदा चौलानीमा मृत भेटिएका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही दिन अगाडि मात्रै बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि