असोज ०६, २०८१, आइतबार
               

वेश्यालय सञ्चालन गर्दै आएकी नेपाली महिला पक्राउ

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतमा वेश्यावृत्ति सञ्चालन गर्ने एक नेपाली महिला पक्राउ परेकी छिन् । 
नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) पक्राउ परेकी हुन् । उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्दै आएको खुलेको छ । 

भारतको नयाँदिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेर बस्ने गरेको खुलेको छ ।  यसअघि देखि नै उनीमाथि भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न भएको आरोप लाग्दै आएको थियो । 


कस्तो लाग्यो ?

यो पनि