असोज ०६, २०८१, आइतबार
               

भरुवा बन्दुकसहित एक युवक पक्राउ, चारजना फरार

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोसीको पूर्वी किनारको खयरघारीबाट बिहीबार एक युवकलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–९ का २२ वर्षीय सुमन राई रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

वन्यजन्तुको सिकार गर्ने क्रममा राईलाई एकथान भरुवा बन्दुकसहित सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ भने अन्य चार जना फरार भएको सशस्त्र प्रहरी निरीक्षक जसबहादुर राईले बताए । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि