असोज ०६, २०८१, आइतबार
               

जनावरबाट पीडितलाई ३९ लाख राहत

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा सुनसरीले जङ्गली जनावरबाट पीडित भएकालाई ३९ लाखभन्दा बढी क्षतिपुर्तिबापत रकम दिएको छ । आरक्ष कार्यालयले चालू आर्थिक वर्षको अहिलेसम्ममा आरक्षबाट निस्केका जङ्गली जनावरबाट पीडित भएकालाई ३९ लाख नौ हजार ७११ क्षतिपुर्तिबापत रकम प्रदान गरेको आरक्षका संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

आरक्षको कार्यालयले जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएका दुई जनाको परिवारलाई रु १०/१० लाख गरेर जम्मा २० लाख, घाइते भएका सात परिवारलाई तीनलाख ५३ हजार ७११, बालीनाली नष्ट भएका २११ परिवारलाई नौ लाख ९३ हजार पाँच सय, घरगोठ क्षती गरेका ७९ परिवारलाई चार लाख १८ हजार पाँच सय र भण्डारण गरेको अन्नपात क्षति भएबापत एक लाख ४४ हजार दिइएको संरक्षण अधिकृत रामले बताए ।


कस्तो लाग्यो ?

यो पनि