असोज ०६, २०८१, आइतबार
               

राजस्व कार्यालयका कर अधिकृत डेढ लाख घुससहित पक्राउ

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । राजस्व कार्यालयका कर अधिकृत डेढ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृतसहित दुई जनालाई डेढ लाख घुससहित  पक्राउ गरेको हो ।

अधिकृत रमेश ढकाल र आरएन म्यानेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नवीनकुमार कर्णलाई घुस रकमसहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।

कर अधिकृत ढकाल र बिचौलिया नवीनकुमार कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवास कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले एक जना डिष्टिलरी उद्योगीसँग कर बापतको अन्तःशुल्क समायोजनको रकम फिर्ता गर्ने भन्दै अतिरिक्त रकम लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । 
 


कस्तो लाग्यो ?

यो पनि