असोज ०६, २०८१, आइतबार
               

महिला वेचविखनमा संलग्न दुई जना पक्राउ

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

मोरङ । मानव वेचविखनमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१६ दक्षिण बस्ने प्रेम बहादुर मगर र सोही महानगरपालिका-१५ पशुपति टोल बस्ने ३४ वर्षीय काजी तामाङ रहेका छन् ।

होटलमा काममा लगाई दिन्छु भनि ललाई फकाई प्रलोभनमा पारी सिन्धुपाल्चोकबाट काठमाडौं हुँदै २ जना महिलालाई विराटनगरमा बोलाई रोजगारी दिलाई दिने बाहनामा भारतमा लगी वेचबिखन गर्ने उदेश्यले विराटनगर महानगरपालिका-१६ दक्षिण गेटमा ल्याएको भन्ने जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि