जेठ ०५, २०८१, शनिबार
               

हत्याका फरार अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

बारा । निजगढ नगरपालिका-९ बुद्धचोक बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ घर भएका भुगेश्वर शर्माका १८ वर्षीय छोरा कालु भन्ने रोहित शर्माको हत्या गरेको अभियोगमा रौतहट चन्द्रपुर नगरपालिका-४ ठेगाना भएका २९ वर्षीय अरूण कुमार साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

रोहितको घाटीमा चक्कु प्रहार गरी ओछ्यानमै हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न अरुणलाई चन्द्रनिगाहपुरस्थित किराना पसलबाट फेला पारी पक्राउ गरेको हो ।

पूर्वरिसइवि र विवादको कारण मार्ने मनसाय अनुसार अरुण नै चक्कुसहित सोमबार रातिदेखि रोहितको घरमा बसेर मंगलबार बिहान चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।

 

 


कस्तो लाग्यो ?

यो पनि