असोज ०६, २०८१, आइतबार
               

नक्कली नोट र नोट बनाउने मेसिनसहित एक प्रकाउ

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

कञ्चनपुर । नक्कली नोट र नोट बनाउन प्रयोग गर्ने मेसिनसहित प्रहरीले कृष्णपुर नगरपालिका ९ पिपरीया बस्ने २५ वर्षीय संजय रानालाई पक्राउ गरेको छ ।

प्रहरीले रानालाई १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको हो ।

रानाले नक्कली नोट छाप्ने कार्य गर्ने गरेको भन्ने सूचनाको उजुरी पछि प्रहरीले रानाको खुद्रा पसल जाँच गर्दा उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो ।

साथै उनको पसलबाट १ थान फलामको कैची, १ हजार दरको नेपाली नोटको साइज नाप्ने फलामको पाताबाट बनेको १ थान साँचो, १ थान गम, १५० थान फोटोकपी पेपर, १ थान रङ्गिन फोटोकपी मेसिन, १ थान डेस्कटप कम्प्युटर र १ हजार रुपैयाँ सक्कली नेपाली नोट १ थान प्रहरीले बरामद गरेको छ ।

 

 


कस्तो लाग्यो ?

यो पनि