असोज ०६, २०८१, आइतबार
               

पिकअपको ठक्करबाट युवकको मृत्यु

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

सप्तरी । पिकअप गाडीको ठक्करबाट सप्तरीमा मंगलबार एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । सप्तरीको अग्निसाइर कृष्णसबरण गाउँपालिका–१ जण्डौलमा प्रदेश नं ३–०१–०२४ च ४२६९ नम्बरको पिकअपले दिएको ठक्करले सोही ठाउँका २८ वर्षीय दीपक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको पिकअप गाडीले सोही दिशातर्फ जाँदै गरेको पैदलयात्री चौधरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।

शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा ल्याइएको छ । प्रहरीले पिकअप गाडी र चालक कपिलवस्तुको बाह्रगङ्गा नगरपालिका–४ का २४ वर्षीय दीपेन्द्र थापालाई पक्राउ गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि