जेठ ०७, २०८१, सोमबार
               

किशोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा युवक पक्राउ

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

भक्तपुर । यही फागुन ११ देखि १४ गतेसम्म मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित आफ्नै कोठामा ल्याएर एक १७ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिराहा धनगढी नगरपालिका–४ सन्तनगरका २७ वर्षीय दुर्गानन्द चौधरीलाई पक्राउ गरेको छ । 

उदयपुर गाईघाटकी वर्ष १७ की किशोरीलाई विभिन्न प्रभोलनमा पारी विवाह गर्छु भन्दै कोठामा ल्याई किशोरीलाई जबर्जस्ती बलात्कार गरेको पीडित किशोरीले यही २१ गते जाहेरी दिएपछि प्रहरीले चौधरीलाई कौशल्टारस्थित कोठाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले आज भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान र कारवाही अगाडि बढाएको छ । 


कस्तो लाग्यो ?

यो पनि