असोज ०६, २०८१, आइतबार
               

कटुवा पेस्तोलसहित २ जना पक्राउ

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

सप्तरी । राजबिराज नगरपालिका-६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोलीसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बिष्णुपुर गाउँपालिका-७ बस्ने २० वर्षीय महेन्द्र कुमार शर्मा र सोही गाउँपालिका-५ बस्ने १९ वर्षीय प्रभु साह रहेका छन् । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय राजबिराजबाट खटिएको प्रहरीले स.७ प ९६७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि