असोज ०६, २०८१, आइतबार
               

बलात्कार अभियुक्तलाई छुटाईदिन्छौ भनी ठगी गर्ने २ पक्राउ

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

बलात्कार मुद्धाका प्रतिवादीलाई छुटाईदिन्छौ भनी रकम ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-१७ राष्ट्र बैंक चोकस्थित खाजाघरबाट २ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-५ मालेपाटन ठेगाना भई सोही महानगरपालिका-८ बस्ने ५८ वर्षीय सुर्यलाल खड्का र पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने धादिङ गंगाजमुना गाउँपालिका-१ स्थायी घर भएका ३९ वर्षीय कमन भन्ने कमान बहादुर तामाङ रहेका छन् ।
बलात्कार मुद्धाका प्रतिवादीलाई प्रहरी, वकिल र अदालतसंग सेटिङ छ, १ करोड रकम दिए मिलाई दिन्छु नत्र १५ वर्ष जेल जान्छ भनी झुट्टो आश्वासन दिई बिश्वास दिलाई १२ लाखको चेक र १ लाख १० हजार नगद लिई ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट कामना सेवा विकास बैंकको ६ लाख लेखिएको २ वटा चेक, विभिन्न बैंकको चेक तथा भौचरहरू र ४ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर जिल्ला अदालत कास्कीबाट ठगी आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत ७ दिन म्याद थप भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि