असोज ०५, २०८१, शनिबार
               

दुई लाखभन्दा बढी मूल्यको कपडासहित दुईजना पक्राउ

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले भन्सार छली ल्याएको झण्डै तीन लाख रुपैयाँभन्दा बढी मूल्यको कपडासहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित सुरक्षा चौकीमा सवारीसाधान जाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा छुन्ता गुरुङ र गोपी लामा रहेका छन् । 

सुनौलीबाट काठमाडौं आउँदै गरेको बा ५ ख १२३५ नम्बरको बस जाँच गर्ने क्रममा दुई लाख ७० हजार रुपैयाँ मूल्य बराबरको १३५ थान कपडा फेला पारी बरामद गरिएको र सोधखोज गर्दा उक्त कपडा उनीहरुले ल्याएको खुल्न आएको छ । सोही गाडीमा सवार रहेका बेला दुवै पक्राउ परेका हुन् । 

दुवैलाई थप अनुसन्धान तथा कारवाहीको लागि आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि