असोज ०५, २०८१, शनिबार
               

३ महिनाको छोराको हत्या गरेको अभियोगमा बुबा पक्राउ

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

बैतडी । आफ्नै ३ महिनाको छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-५ खनाडी बस्ने ४० वर्षीय राज बहादुर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राज बहादुरले आफ्नै घरमा छोरा लक्ष्मणलाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको र उनका बुबा ७० वर्षीय मन्धिर चन्दलाई समेत कुटपिट गरी घाइते बनाएको उभियोगमा उनलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

जिल्ला प्रहरी कार्यालय बैतडी र प्रहरी चौकी बलाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि