सल्यान । कालिमाटी गाउँपालिका-२ बस्ने ४५ वर्षीय कुलबहादुर सारु र सोही ठाउँ कुण्डिक बस्ने २५ वर्षीय कमल घर्तीलाई २ थान अवैध भरुवा बन्दुकसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सारुले घर नजिकै खोल्सोमा स्याउलाले छोपी भरुवा बन्दुक लुकाई राखेको र घर्तीले आफ्नै खेतबारीमा भरुवा बन्दुक लुकाई राखेको सूचनाको आधारमा ईलाका प्रहरी कर्यालय कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेकाे हाे ।