असोज ०६, २०८१, आइतबार
               

नागरिक एप सञ्चालनका लागि निशुल्क डाटा उपलब्ध

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नागरिक एप चलाउनका लागि अब शुल्क नलाग्न भएको छ । नेपाल टेलिकमको नेटवर्कले सो एप सञ्चालनका लागि  निशुल्क डाटा उपलब्ध गराउन थालेसँगै आमनागरिकले नागरिक एप निशुल्क चलाउन पाउने भएका हुन् । 

नागरिकलाई सम्पूर्ण सेवा एउटै एपमार्फत प्रदान गर्ने योजनाका साथ सरकारले नागरिक एप सञ्चालनमा ल्याएको छ । उक्त एप सम्पूर्ण नागरिकको पहुँचमा सहजै र सर्वसुलभ रुपमा पुर्‍याउने उद्देश्यका साथ सरकारले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघमा दिएको निर्देशनका आधारमा दूरसञ्चार प्राधिकरणले अघिल्लो हप्तामात्रै सेवा प्रदायकलाई डेटा शुल्क नलाग्ने बनाउन परिपत्र जारी गरेको थियो ।

तर नेपाल टेलिकमले परिपत्र जारी हुनु अगाडि नै नागरिक एप प्रयोग गर्दा डेटा शुल्क नलाग्ने बनाइसकेको जानकारी दिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

उनका अनुसार टेलिकमले माघ ६ गतेदेखि नै नागरिक एप चलाउँदा आफ्नो नेटवर्कमा कुनै शुल्क नलाग्ने बनाएको हो । तर, एनसेल र स्मार्ट टेलिकमले भने यस विषयमा हालसम्म कुनै जानकारी दिएका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि