बैशाख २७, २०८१, बिहीबार
               

खै के पत्याउँ ?

मित्रबन्धु पाैडेल
फागुन १७, २०७७

ADVERTISEMENT

खै के पत्याउँ ?
नेताजीको  बोली या
दलेको भाषा !

खै के पत्याउँ ?
डाक्टरी अैाजार या
बल्झेको टाँका !

खै के पत्याउँ ?
भागिरथा आत्मा या
बुद्धका आँखा !

खै के पत्याउँ ?
शान्तिका लाभांश या
क्रोधका राँका !

खै के पत्याउँ ?
भोगाइको पीडा या
चटके डाँका !

खै के पत्याउँ ?
अरिंगाले वीष या
मौरीका 'चाका' !

खै के पत्याउँ ?
छिमेकीको नासो या
निरिह नाका ?

खै के पत्याउँ ?
नेपाली अस्मिता या
लेण्डुपे भाका !

खै के पत्याउँ ?
समृद्धिको रेल या
उजाड पाखा !

अब पत्याउँ !
प्रभुको आदेश र
उनैको काखा ?

लेखक नेपाली साहित्य क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि