असोज ०६, २०८१, आइतबार
               

घुस अस्वीकार गर्ने ट्राफिक प्रहरी सम्मानित

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । ट्राफिक कारबाहीबाट बच्न खोज्नेहरुले दिएको घुस अस्वीकार गर्ने ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको हो । 

नगदसहित पुरस्कृत हुनेमा हवल्दार शम्भु विश्वकर्मा, जवानहरू अनिल महर, महेशराज पनेरु, रमेश सिंह बुडाल, बिन्दा थापा र राम अवतार राम छन् । घुस लिन निरुत्साहित गर्ने महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्सपेक्टर पुरुषोत्तम कार्कीसहितका प्रहरी कर्मचारीलाई महाशाखाले सम्मान गरेको छ ।

साउनयता घुस अफर गर्ने ९४ जना चालकलाई ट्राफिक महाशाखाले कानुनी कारबाही गरिएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि