असोज ०५, २०८१, शनिबार
               

साइबर ब्यूरो नै साइबर अपराधबाट पीडित

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

साइबर अपराधसम्बन्धी अनुसन्धान गर्ने नेपाल प्रहरीको साइबर ब्यूरो आफै पीडित हुन पुगेकाे छ । ब्यूरोको नक्कली फेसबुक आइडी बनाएर सर्वसाधारणसँग पैसा माग्ने अभियुक्तलाई ब्यूरोकाे टोली पक्राउ गरेकाे हाे।

प्रहरीको छबिलाई बदनाम गर्ने र संगठनप्रति आमनागरिकलाई भ्रमित पार्ने काम गरेकाले अभियोगमा एक जना प्रकाउ परेसँगै यो कुरा बाहिर आएकाे हाे । साइबर ब्यूरोकाे नक्कली आइडी बनाएकाे अभियोगमा कपिलवस्तु वाणगंगा नगरपालिका– २ घर भई हाल रुपन्देहीको सैनामैना बस्ने १८ वर्षीय राजीव पोखरेललाई ब्युरोले पक्राउ गरेको छ ।

उनले नक्कली आइडी बनाएर सर्वसाधारणसँग म्यासेन्जरमार्फत पैसा असुली गर्ने प्रयास प्रहरीले बताएकाे छ । उनले सर्वसाधारणसँग नक्कल फेसबुक आइडीबाट पैसा असुली गरिरहेकाे गोप्य सूचनाकाे आधारमा उनलाई पक्राउ गरेकाे हाे । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि