असोज ०५, २०८१, शनिबार
               

२५ केजी चाँदीका गरगहनासहित पक्राउ

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

पर्सा । वीरगंज महानगरपालिका-९ स्थित शुभलाभ गहना पसलमा लुकाई राखेको करिब २५ केजी २६४ ग्राम विभिन्न प्रकारका चाँदीका गरगहनासहित सोही पसलमा काम गर्ने वीरगंज महानगरपालिका-१५ भेडियाई टोल बस्ने २० वर्षीय विराट सराफलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा अवैध रुपमा भारतबाट राजश्व छली गरी ल्याएका विभिन्न प्रकारका चाँदीका गरगहनाहरु लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त परिमाणको चाँदीका गरगहना फेला पारी सराफलाई पक्राउ गरेको हो ।

 


कस्तो लाग्यो ?

यो पनि