असोज ०५, २०८१, शनिबार
               

सुनको बालासहित २ युवक त्रिभुवन विमानस्थलबाट पक्राउ

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

विदेशबाट सुनको बाला ल्याएको आरोपमा त्रिभुवन विमानस्थलबाट २ युवक पक्राउ परेका छन् । सुन ल्याउने र सुन लिने गरी २ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेकाे हाे । 

कतारको राजधानी दोहाबाट २ वटा सुनको बाला लिएर आएका पाँचथरको मिक्लाजुङ-२ का चित्र शेर्मासहित काठमाडौंमा सुन लिने मोरङ्ग पथरी शनिश्चरे स्थायी ठेगाना भएका रमेश तामाङ त्रिभुवन विमानस्थानमा पक्राउ परेका छन् ।

कतार एयरवेजको विमानबाट उनी काठमाडौं ‌ओर्लिएपछि चेकचाँजको क्रममा पक्राउ परेको त्रिभुवन विमानस्थल प्रहरी सुरक्षा कार्यालयले जनाएको छ । यसअघि फाल्गुन ९ गते पनि कताबाट तीनवटा सुनको बाला लिएर आएका एक युवक पक्राउ परेका थिए । 


कस्तो लाग्यो ?

यो पनि