असोज ०५, २०८१, शनिबार
               

चेक बाउन्स मुद्दा फरार अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२२ पाको न्यूरोड बस्ने ४४ वर्षीय सुरेश मानन्धरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुरका २ वटा मुद्दामा उच्च अदालत पाटनको २०७७ मङ्सिर १५ गतेको फैसलाले क्रमश: २० दिन कैद र करिब ३० लाख रूपैयाँ जरिवाना तथा १५ दिन कैद र २६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका सुरेशलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले झम्सीखेल लतितपुरमा छुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

सुरेशले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी लक्ष्मी बैंक लिमिटेड, शाखा कार्यालय हात्तिसार काठमाडौंमा भएको खाताबाट पीडितलाई रकम भुक्तान हुने गरी चेकहरू दिएकोमा बैंकिङ कसूरजन्य अपराध ठहर भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि