असोज ०५, २०८१, शनिबार
               

घुस लिएको आरोपमा इन्स्पेक्टरसहित दुई जना पक्राउ

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

सशस्त्र प्रहरीका प्रहरी निरीक्षकसहित दुई जनालाई ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीबाट पक्राउ गरिएकाे छ । रुपन्देहीको गैडहवामा कार्यरत प्रहरी निरीक्षकसहित पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि