असोज ०५, २०८१, शनिबार
               

मालपोत कार्यालय चितवनका लेखा अधिकृत पक्राउ

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । लिखत सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने चितवन भरतपुर नगरपालिका-११ घर भएका मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत ५७ वर्षीय रिठ्ठे परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

लेखा अधिकृत रिठ्ठे समेतको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, छाप र कर्मचारीहरूको दस्तखत समेत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ लिखतसम्बन्धी कसूर गरी सरकारी रकम अपचलन गरेको प्रारम्भिक अनुसान्धानको क्रममा खुल्न आएपछि उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । 

प्रहरीका अनुसार तारकेश्वर नगरपालिका-६ मा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि