असोज ०५, २०८१, शनिबार
               

विमानस्थलबाट ‘सुनको बाला’सहित एक जना पक्राउ

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन विमानस्थलबाट आइतबार विमानस्थल सुरक्षा गार्डमा खटिएका प्रहीले सुन जस्तो देखिने पहेँलो धातुको बालासहित विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने सर्लाही मलंगवा नगरपालिका- घर भएका ४१ वर्षीय मो.मेराज मिकरानीलाई १५० ग्रामको ३ थान सुन जस्तो देखिने पहेँलो रंगको धातुको बालासहित प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ एरियामा कतार एअरवेयजको उडानद्वारा दोहाबाट आगमन भएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई अवैध रुपमा संकलन गरी उक्त वस्तु लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेकाे हाे ।


कस्तो लाग्यो ?

यो पनि