असोज ०५, २०८१, शनिबार
               

चेक बाउन्स मुद्दाका फरार अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । बैकिंङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने ४९ वर्षीय सुधिर श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

प्रतिवादी सुधिरले २०७५ जेठ ७ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम भुक्तानी गर्नका लागि नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको चेक काटी दिएका थिए ।

बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ पुस २९ गतेको फैसलाले ७ दिन कैद र २१ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहाका सुधिरलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि