असोज ०५, २०८१, शनिबार
               

अवैध लागूऔषधसहित ३ जना पक्राउ

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध २७० ट्याब्लेट नाईट्राजेपामसहित रौतहट चन्द्रनिगाहपुर नगरपालिका-१ बस्ने २२ वर्षीय प्रबेश पाख्रिनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१ ज ३३१७ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रबेशलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

काठमाडौंकाे नागार्जुन नगरपालिका-५ शरणपुरस्थित सडकबाट करिब १.५ किलो अवैध लागूऔषध चरेशसहित काठमाडौं मनमैजु बस्ने मकवानपुर थाहा नगरपालिका-७ सलेभन्ज्याङ्ग घर भएका २८ वर्षीय सुर्य बिक्रम गोलेलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । 

यता पर्साको वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध १ हजार ५ सय ट्याब्लेट नाइट्राभेट र ७२ पीस स्म्याप्ससहित सोही महानगरपालिका-३२ चोर्नी बस्ने २३ वर्षीय हरेन्द्र मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अटोमा सवार मण्डललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनले लागूऔषधसहित पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि