बैशाख १६, २०८१, आइतबार
               

मालपोत हाकिम र लेखापढी व्यवसायी ६ लाख घुससहित पक्राउ

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

बारा । बारामा मालपोत कार्यालयका प्रमुख  र लेखापढी व्यवसायी पक्राउ परेका छन् । 

शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको  टोलीले सिमरा उपमहानगरपालिका–२२ जर्गा होटलबाट निमित्त प्रमुख रहेका नायब सुब्बा मनोजकुमार खनाल  र  लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई ६ लाख घूस रकमसहित पक्राउ गरेको हो ।

सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ, भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराइदिने भन्दै उनले सेवाग्राहीसँग रकम माग उजुरीको आधारमा अख्तियारले पक्राउ गरेकाे हाे । 

जग्गा फुकुवा गराइदिएबापत रकम माग गरिरहेको सूचनाका आधारमा गएको टोलीले घूस लिइसकेको अवस्थामा उनीहरूलाई  पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि