जेठ ०७, २०८१, सोमबार
               

ओलीले सर्वोच्चमा लिखित जवाफ दिए

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् । उनले बिहीबार मध्याह्न पौने १२ बजे अदालत पुगेर लिखित जवाफ दिएका हुन् । ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए ।

अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए ।

अदालतको अवहेलना गरेको भनेर ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएपछि प्रधानमन्त्री आफैं उपस्थित भएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि