जेठ ०६, २०८१, आइतबार
               

आज प्रधानमन्त्री ओली सर्वोच्चमा उपस्थित भई जवाफ दिने

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन आज प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत जाँदैछन् । 

प्रधानमन्त्री ओली आज लिखित जवाफ बोकेर  सर्वोच्च जाने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए । 

गत २०७७ माघ ९ गते कार्की ब्याङ्केटमा प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै 'एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन' भन्ने टिप्पणी गरेका थिए । 

कानुन व्यवसायीलाई बाजे तथा अदालतको बहसलाई तमासा भनी अदालतकाे अपहेलना गरेकाे भन्दै मुद्दा दायर भएकाे हाे । 

यो पनि