बैशाख २३, २०८१, आइतबार
               

परीक्षा हलमै टिकटक बनाएका विद्यार्थीको परीक्षा नै रद्ध

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

मोबाइल एप टिकटक अहिलेको युवापुस्तामाझ निकै चर्चित छ । टिकटकमा भाइरल हुने रहरले विभिन्न प्रयोग गर्दा कहिलेकाँही दुखद खबर पनि आउने गरेको छ ।

यसैक्रममा परीक्षा हलभित्रै टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने कक्षा १२ का एक विद्यार्थीको परीक्षा रद्ध भएको छ ।

गएको मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी कालिका मावि, सिंहासैन दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले रद्ध गरेको हो । 

शाहीले परीक्षा समयमै टिकटक बनाएर सामाजिक सञ्जालमा राखेका थिए । उनको चालु खण्डको परीक्षा रद्ध गरिएको बोर्डले सूचना जारी गरेर जानकारी दिएको छ ।

त्यसैगरी सोही विद्यालयका केन्द्रध्यक्ष चक्रबहादुर शाही र परीक्षा निरीक्षक कमलबहादुर शाहीलाई पनि बोर्डले कारबाही गरेको छ । 

उनीहरुलाई तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गरिएको बोर्डले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि