जेठ ०५, २०८१, शनिबार
               

शिक्षक हत्याका आरोपित जेल चलान

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेकपा नेत्रविक्रम चन्द समूहका मोरङ इञ्चार्ज धनबहादुर विक जेल चलान भएका छन् । 
बुधबार जिल्ला अदालत मोरङले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै उनी जेल चलान भएका हुन् । 

जिल्ला अदालत मोरङकी न्यायाधीश दुर्गा खड्काको इजलासले बुधबार विकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । 

शिक्षक श्रेष्ठको हत्याको आरोप लागेका विक माघ ७ मा चन्दा असुलिरहेको अवस्थामामा पक्राउ परेका थिए । पक्राउका क्रममा उनको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल, तीन राउन्ड गोली लोड भएको म्याग्जिन, विभिन्न कम्पनीका मोबाइल चार र सिमकार्ड पाँच थान बरामद गरेको थियो ।

मिक्लाजुङ गाउँपालिका–१ को सरस्वती आधरभूत विद्यालयका प्रधानध्यापक ५३ वर्षीय श्रेष्ठको २३ मंसिरमा घाटी रेटी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो ।  सुराकी गरेको आरोपमा श्रेष्ठलाई विप्लव समूहका विकसहितको ६ जना कार्यकर्ताले श्रेष्ठलाई घरबाट अपहरण गरी जंगलमा लगेर हत्या गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि