बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ ।
भागरथीका दाइ शंकर भट्टले छिमेकी १६ वर्षीय दिनेश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएका हुन् । गच माघ २१ गते उनकाे बलात्कारपछी हत्या भएकाे थियो ।
दिनेशलाई प्रहरीले हिजै पक्राउ गरिसकेको छ । पक्राउ गरेका दिनेशलाई आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने र विस्तृत जानकारी दिने प्रहरीले जनाएकाे छ ।