जेठ ०१, २०८१, मंगलबार
               

श्रीलंका पुर्‍याइ मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । श्रीलंका पुर्‍याइ मानव बेचबिखन गर्ने फरार अभियुक्तलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३ महाराजगञ्‍ज बस्‍ने नुवाकोट तादी गाउँपालिका-१ घर भएकी कमला भेटवाल भन्‍ने पाकिजा प्याकुरेललाई पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । 

प्याकुरेल र दुबईमा रहेका उनका सहयोगीको मिलेमतोमा एक महिलालाई भारतको दिल्ली हुँदै श्रीलंका पुर्‍याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । त्यहाँको मिनुवाङ्गोडा भन्‍ने ठाउँमा बन्धक बनाई राखेको अवस्थामा श्रीलंकाको प्रहरीले फेला पारी नौ महिना जेल राखेर नेपालस्थित माइतीनेपाल र श्रीलंकास्थित नेपाली दूतावासको सहयोगमा गत माघ ११ गते महिला नेपाल फर्किन सफल भएकी थिइन् ।

घटनामा संलग्‍न रही फरार अभियुक्त प्याकुरेललाई प्रहरीले काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-४ पासिकोटमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको ब्युरोले जनाएको छ । अभियुक्तविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि