असोज ०५, २०८१, शनिबार
               

सपना रोकाको जाहेरीका आधारमा विनयजंग बस्नेत पक्राउ

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । आफूविरुद्ध अश्लील अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले दिएको जाहेरीका आधारमा विनयजंग बस्नेत पक्राउ परेका छन्।

फागुन २ मा सपनाले विनयजंगविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडाैंमा दिएको आधारमा उनी मंगलबार पक्राउ परेका हुन् ।  बस्नेतलाई काठमाडाैंको नयाँबसपार्कबाट पक्राउ गरिएको परिसरले जानकारी दिएको छ । 

विनयले युट्युब च्यानलमा सपनाविरुद्धको नकारात्मक अभिव्यक्ति दिएको र उनको चरित्र हत्या गराउने किसिमका अभिव्यक्ति दिएपछि यो विषय प्रहरीसम्म पुगेको हो । 

रोक्का मगर पशुपति आर्यघाटमा बेवारिसे शव जलाएका कारण बिबिसीको विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी थिइन् । 

विनयजंगसँगै सपनाले पनि पशुपतिमा बेवारिस शव जलाउने काम गरेकी थिइन्। केही समयअघिसम्म उनीहरु 'बाबुछोरी'जस्तै भएको भन्दै अभिव्यक्ति दिन्थे। 

सपनाले बस्नेतविरुद्ध आफूलाई दूर्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्। 

यो पनि