जेठ ०४, २०८१, शुक्रबार
               

संविधान बचाउने निर्णय इजलासले लिन वरिष्ठ अधिवक्ता कार्कीको आग्रह

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

संविधान बनाउनेहरु नै सडकमा छन्, श्रीमानहरु अलमलिनु पर्ने अवस्थै छैन

एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान निर्माण गर्नेहरु नै संविधान संकटमा पर्‍यो भन्दै सडकमा आएको बताएका छन् । मंगलबार संवैधानिक इजलासमा राय दिने क्रममा संविधान बचाउने निर्णय इजलासले लिनुपर्ने बताए।

‘श्रीमानहरू अलमलिनु पर्ने अवस्थै छैन’,उनले भने, ‘जसले संविधान निर्माण गरेका थिए, जसले कार्यन्वयन गर्नुपर्ने हो, उनीहरू नै संविधान संकटमा पर्‍यो भन्दै सडकमा पुगेका छन्।’

अधिवक्ता कार्कीले संविधान निर्माण गर्नेले नै संविधानमा संकट आयो भनेपछि ५ जना न्यायाधीशहरूलाई ठूलो र महत्वपूर्ण निर्णय लिने जिम्मेवारी आएको बताए ।

यसअघि पक्ष र विपक्षका कानुन व्यवसायीको बहस सकिएपछि मंगलबारदेखि एमिकस क्युरीको राय लिन सुरु भएको हो । एमिकस क्युरीमा नेपाल बार एसोसियसनबाट ३ जना र सर्वोच्च अदालत बार एसोसियसनबाट २ जना छन् ।

 


कस्तो लाग्यो ?

यो पनि