असोज ०५, २०८१, शनिबार
               

इलाममा अटो दुर्घटना हुँदा एकको मृत्यु

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । इलाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको इलाम नगरपालिका–७ तिल्केनीमा दुर्घटना हुँदा अटो चालककै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

मृत्यु हुने अटो चालक २२ वर्षीय अबिकल सुन्दास इलाम–९ निवासी हुन् ।

गएराति मे १ ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएको र उपचारको लागि बिराटनगर लैजाँदै गर्दा राति नै बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि