असोज ०५, २०८१, शनिबार
               

कोरोनाले सञ्चार क्षेत्र धरासायी बन्यो : गगन थापा

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा सञ्चार क्षेत्र धरासायी बन्न पुगेको बताएका छन् ।

लक्की मिडिया हाउसको पाँचौँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा सोमबार उनले कोरोनाको संक्रमणका कारण सञ्चार क्षेत्र धरासायी बनेको बताएका हुन् । मिडियालाई सरकार र राजनीतिक दलको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

कोरोनाका त्रास अझै बाँकी रहेको भन्दै उनले सबै मिलेर अहिलेको स्थितिलाई समाधान गनुपर्ने बताए । सो अवसरमा जिल्लाका दुई पत्रकार सूर्यप्रसाद अधिकारी र दिनेश श्रेष्ठलाई सम्मान गरिएको थियो । 

यसैगरी  चिकित्सा विधाअन्तर्गत भरतपुर अस्पतालका मेडिसिन विभाग प्रमुख एवं नेपाल चिकित्सक संघ चितवन शाखाका निवर्तमान अध्यक्ष डा. प्रकाश खतिवडा, पुरानो मेडिकल कलेजका वरिष्ठ युरोलोजिष्ट डा. सुदीपराज केसी र भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. ओमकृष्ण पाठक, भरतपुर महानगर प्याब्सनका उपाध्यक्ष इन्दिरा कार्की, लिटिल फ्लावर स्कूल नारायणगढका प्राचार्य फादर रोवी कु र अर्किड स्कूल भरतपुरका सहप्राचार्य ओमराज मैनाली, नेपाली सिने क्षेत्रकी नायिका आंँचल शर्मा र अभिनेता विपिन कार्कीलाई पनि सम्मान गरिएको थियो । खेल विधाअन्तर्गत नवलपुर र चितवनका गरी तीन खेलाडी सम्मानित भएका छन् ।

नवलपरासी–बर्दघाट सुस्तापूर्व जिल्ला फुटबल संघका महासचिव लक्ष्मण कार्की, एएफसी फुटबल संघका प्रशिक्षक कृष्ण कार्की र ए डिभिजनका फुटबल खेलाडी प्रदीप भण्डारीलाई सम्मान गरिएको हो ।

यस्तै युवा व्यवसायी सुजन ओझा, सफल सर्जिकल हाउसका सञ्चालक अर्जुन रानाभाट र लेक ट्वान्टी थाउजेण्डका प्रबन्धक राजेश शर्मा आचार्य सम्मानित भएका छन् ।

देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष एवं समाजसेवी टंकनाथ पौडेल र विमला पौडेल बस्नेतलाई समेत नगदसहित सम्मान गरिएको थियो । उनिहरुलाई नेता थापासहित वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले सम्मान गरेका थिए । 

कार्यक्रममा नेपाली कांंग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, कांग्रेसका युवानेता राजकुमार राजभण्डारी, नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह ‘राजा’ लगायतले बोलेका थिए ।

सो अवसरमा साहित्यकार झमक घिमिरेद्वारा लिखित नेपाली कथानक चलचित्र ‘जीवन काँडा कि फूल’ प्रदर्शन गरिएको थियो ।

यो पनि