चैत १६, २०८०, शुक्रबार
               

लिखित जवाफसहित ४ पूर्वप्रधानन्यायाधीशहरू सर्वोच्चमा उपस्थित

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

अदालतको अवहेलना मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरू सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् ।

पूर्वप्रधान्यायाधीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, सुशीला कार्की र कल्याण श्रेष्ठले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर  लिखित जवाफ बुझाएका हुन् ।

सर्वोच्चले उनीहरूलाई लिखित जवाफ दिन आदेश दिएपछि उनीहरू आफैं उपस्थित भएका हुन् । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका उनीहरुविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो।

पूर्वप्रधानन्यायाधीशहररू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पुस २४ गते प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए । वक्तव्य जारी गरेका कारण उनीहरुविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।  


कस्तो लाग्यो ?

यो पनि