जेठ ०६, २०८१, आइतबार
               

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा कुँवर नियुक्त

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर आज नियुक्त भएका छन् । न्यायपरिषद्को गत माघ ११ गते बसेको बैठकले तत्कालीन मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको मुख्य रजिष्ट्रार पदमा सर्वोच्च अदालतका रजिष्ट्रार कुँवरलाई नियुक्त गरिएको हो ।

गत माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्तिको सिफारिस गरेपछि गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई मुख्य रजिष्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको हो । गुल्मी जिल्लाको धुर्कोटमा २०२९ पुस ४ गते जन्मेका कुँवर विसं २०५५ मा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका थिए । 

सर्वोच्च अदालतको रिक्त एक रजिष्ट्रारमा निर्मला पौडेललाई नियुक्त गरिएको छ । गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको रजिष्ट्रारमा नियुक्त गरेको छ । पौडेल सर्वोच्च अदालतको रजिष्ट्रारमा पुग्ने पहिलो महिला हुन् । यसअघि पौडेल प्रशासकीय अदालतको रजिष्ट्रार (सहरजिष्ट्रार) थिइन् । विसं २०२४ वैशाखमा विराटनगरमा जन्मेकी पौडेल विसं २०५२ मङ्सिर महिनाबाट शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेकी हुन् । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार नेपाल सरकारको मुख्यसचिव सरह र रजिष्टार सचिव सरह हो ।


कस्तो लाग्यो ?

यो पनि