काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्तसहित सोही ठाउँ बस्ने संखुवासभा चिचिला गाउँपालका-२ घर भएका ३२ वर्षीय बिगुन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रतिबन्धित भालुको पित्त अवैध रुपमा विक्रिका लागि लुकाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त भालुको पित्तसहित फेला पारी पक्राउ गरेको हो ।
बरामद भालुको पित्त प्रतिग्राम २५ हजार रुपैयाँ दरले विक्री गर्ने उद्देश्यले ल्याएको खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।