लागूऔषध कारोबारमा संलग्न ९ जनालाई लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरी सार्वजनिक गरेको छ । गत माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ परेका लागूऔषध कारोबारमा संलग्न ९ जनालाई आज सार्वजनिक गरेको हो ।
उनीहरूलाई लागूऔषधनियन्त्रित लागूऔषध २ हजार ४७० ग्राम, एम्पुल एम्फेटामाइन २२२ ग्राम, डाइजेपाम ९२८ एम्पुल, बुप्रेनोर्फिन ७८२ एम्पुल, फेनारगन ६८४ एम्पुल, लुपिजेसिक ७६ एम्पुल गरी कुल नियन्त्रित लागुऔषध २४ सय ७० एम्पुल र नगद ९० हजार ५०० बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिलीप चौधरीले जानकारी दिए ।
एउटै सञ्जालमार्फत काराेबारमा संलग्न रही कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।