जेठ ०६, २०८१, आइतबार
               

प्रधानन्यायाधीशको प्रश्नमा अधिवक्ताको जवाफ

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अधिवक्ता दीनमणि पोख्रेललाई अहिलेको सरकार कसको भनी  प्रश्न गरेका छन्।

आइतबार संवैधानिक इजलासमा अधिवक्ता पोख्रेलले जवाफी बहस गरिरहेको बेला प्रधानन्यायाधीश जबराले उनलाई सो प्रश्न गरेका हुन् । प्रधानन्यायाधीशको प्रश्नमा अधिवक्ता पोखरेलले सरकार नेकपाको हो भनी जवाफ दिएका थिए । 

प्रधानन्यायाधीश जबराले त्यही जवाफमाथि टेकेर पुन: पोखरेललाई प्रश्न गरे , ‘यदि नेकपाको सरकार हो भने नेकपा बहुमत प्राप्त दल हो। अनि तपाईंले धारा ७६.१ बाहेकका विकल्पबाट कसरी सरकार बन्ने अवस्था देख्नुभयो, यो संविधानसँग कसरी मिल्छ? बाँकी सम्भावना कहाँ छ?’ 

बसहका क्रममा प्रधानन्यायाधीशबाट यस्ता प्रश्नको ओइरो लागेपछि जवाफमा अधिवक्ता पोखरेलले ओलीले सरकार चलाउन नसक्ने हो भने राजीनामा दिनुपर्ने र संसदीय दलबाट विकल्प खोज्नुपर्ने बताए । तर, पोखरेलले सरकार बन्न सक्थ्यो कि सक्दैनथ्यो भनेर अदालतले अनुमान गर्न नमिल्ने जवाफ दिए ।


कस्तो लाग्यो ?

यो पनि