असोज ०५, २०८१, शनिबार
               

मोटरसाइकल चोर्ने चारजना विभिन्न स्थानबाट समातीए

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । ट्राफिक प्रहरीले मोटर साइकल चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटर साइकल चोरी गर्ने धादिङ गजुरीका धनबहादुर तामाङ, धादिङ थाक्रेका इन्द्र तामाङ, ऋषिलाल तामाङ र मकवानपुरका निरस थिङलाई पक्राउ गरेको हो । 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दुई वटा मोटरसाइकल चोरेका चार जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए ।

‘भक्तपुरका सुशन थापामगर र रामेछापका हिराकाजी श्रेष्ठको चोरी भएको मोटरसाइकल चोरेको अभियोगमा उनीहरूलाई पक्राउ गरेका हौँ’,  उनले भने । महाशाखाले माघमा मात्र मोटर साइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरी मुद्दा चलाइसकेको छ ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले चालू आवमा महाशाखाले उपत्यकामा हराएका १९६ मोटर साइकल खोजतलास गरेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

महाशाखाले चालू आवमा उपत्यकामा मोटर साइकल चोरी गर्ने ३९ व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाई सकेको छ ।


कस्तो लाग्यो ?

यो पनि