बैशाख २२, २०८१, शनिबार
               

बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामा पठाउने विशेषको आदेश

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा पठाएको छ ।

ढकाललाई बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपका मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरूद्ध ३९ करोड २८ लाख बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ललिता निवास जग्गा प्रकरणमै ढकालकी पत्नी उमाकुमारीलाई विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् ।

यसअघि यही मुद्दामा जोडिएका अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश विशेषले गरेको थियो । यस्तै डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन एक कर्मचारीलाई पनि विशेषले पुर्पक्षका लागि थुनामा पठाएको छ । 


कस्तो लाग्यो ?

यो पनि