मंसिर ०१, २०८१, शनिबार
               

‘प्रतिनिधिसभा पुनःस्थापना भए पनि सरकार स्थिर हुँदैन’

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

सर्वोच्च अदालतमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको जारी बहसमा  प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट १५ अधिवक्ताले बहस गर्दै विघटनको अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर गरेका छन् । 

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता माधव बाँस्कोटालगायत अधिवक्ताले संवैधानिक व्यवस्थाअनुसार नै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको भन्दै पुनःस्थापना हुन नसक्ने बताए । वरिष्ठ अधिवक्ता भण्डारीले प्रधानमन्त्रीले ओलीले विघटन गर्नु उचित र संविधानसम्मत भएको दाबी गरे । उनले यसअघिका संसद्को बहुमत प्रधानमन्त्रीले संसद् विघटन गरेको नजिर रहेकाले वर्तमान प्रधानमन्त्री ओलीले समेत सोही नजिरको आधारमा विघटन गराकाले सदर गर्नुपर्ने धारणा राखे । 

उनले संविधानको धारा ७६ (१) को प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न प्रतिबन्ध नलगाएको उल्लेख गर्दै प्रधानमन्त्रीले धारा ७५ को कार्यकारिणी अधिकारका आधारमा धारा ७६ (७) प्रयोग गरी प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्नसक्ने दाबी गरे । 

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि प्रधानमन्त्री ओलीका पक्षबाट बहस गर्ने अर्का वरिष्ठ अधिवक्ता न्यौपानेले २०४७ सालको संविधानमा संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई मात्रै दिएको र अहिलेको वर्तमान संविधान संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्री तथा मन्त्रिपरषद्लाई दिएको भन्दै उनले रिट निवेदनको मागअनुसार आदेश जारी हुन नहुने बताए । 

नले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय ठीक भएको स्पष्ट गर्दै उनले अविश्वासको प्रस्ताव दर्ता ढिलो भएकोले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने जिकिर गरे-“अविश्वासको प्रस्ताव अघिल्लो दिन नै दर्ता भएको भए पुनःस्थापना गर्नसक्ने अवस्था थियो”, उनले भने, “तर प्रतिनिधिसभा विघटनपछि मात्र अविश्वासको प्रस्ताव दर्ता भयो । त्यसैले पार्टी पनि नफुटेको अवस्थामा विघटन जायज हो ।”

अर्का वरिष्ठ अधिवक्ता बाँस्कोटाले संविधानमा विघटनसम्बन्धी व्यवस्था भएको भन्दै प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको बताए । उनले पाँच वर्षभन्दा पहिले प्रतिनिधिसभा विघटन नै हुन नपाउने व्यवस्था संविधानमा उल्लेख नगरिएको स्पष्ट पारे । उनले मुलुक निर्वाचनतर्फउन्मुख भएको भन्दै भने, “संसदीय व्यवस्थामा सरकारले निर्वाचन गर्छ ।  निर्वाचन हुनै सक्दैन भनेर रोक्न सकिँदैन । अदालतले पुनःस्थापना गरे पनि सरकार स्थिर हुँदैन ।”


कस्तो लाग्यो ?

यो पनि