जेठ ०५, २०८१, शनिबार
               

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हाे ।

प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई यसअघि कात्तिक २१ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।

पछिल्ला कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर भदौ ३१ गते प्राधिकरणबाट बिदा भएपछि यो पद खालि थियो । शाक्य प्रसारण लाइनका जानकार मानिन्छन् । उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत तयारी चरणको परियोजनामा पनि खटिएका थिए ।

प्राधिकरणबाट घिसिङ बाहिरएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो दावेदारी रहेको बताएका थिए । केही समयअघि राष्ट्रिय समाचार समिति (रासस) सँगको कुराकानीमा उनले भनेका थिए,’इन्जिनियरिङका हिसाबले अहिले गरिरहेको काममा नै म सन्तुष्ट छु, तर राज्यले मेरो योग्यताको मूल्याङ्कन गरेर दिने जिम्मेवारीमा भने तयार नै छु ।’ शाक्यले सधैं आफूलाई पन्छाइरहने त होइन भन्ने आशंका रहेको पनि बताएका थिए ।


कस्तो लाग्यो ?

यो पनि