जेठ ०६, २०८१, आइतबार
               

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर सिफारिस

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवरको नाम सिफारिस भएको छ । आइतबार बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई सो पदमा सिफारिस गरेको हो।

त्यसैगरी, बैठकले प्रशासकीय अदालतमा रजिस्ट्रारका रूपमा कार्यरत निर्मला पौडेल(भट्टराई) को बढुवाको नियुक्ति गरी पदस्थापन गर्न सिफारिस गरेको छ ।

यसैगरी, बैठकले नेपाल न्याय सेवा न्याय कानुन र सरकारी वकिल समूहको रिक्त राजपत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सो सरहको पदमा देहाय बमोजिम नियुक्ति एवं पदस्थापन गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

यो पनि