बैशाख ०६, २०८१, बिहीबार
               

भरुवा बन्दुकसहित ५ जना पक्राउ

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

डडेल्धुरा । आलिताल गाउँपालिका-८ स्थित गंगामाला सामुदायिक वनबाट १ थान भरुवा बन्दुक र ३३ थान छर्रासहित  २६ वर्षीय भीमबहादुर बोहरासमेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानबाट १ थान भरुवा बन्दुक र करिब ५० ग्राम बारुदसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिहरपुरगढि गाउँपालिका-३ बस्ने ५१ वर्षीय सार्कीमान लोप्चन, ३७ वर्षीय छेवाङ लोप्चन र ४० वर्षीय पासाङ लोप्चन रहेका छन् ।

काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा.५ च २९८४ नम्बरको कारलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी चालक छेवाङ र कारमा सवार सार्कीमान र पासाङलाई प्रहरीले पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि